बैंकिङ कसुर मुद्दामा फरार रहेकी शाही पक्राउ

सफल खबर संवाददाता

बुधबार, १२ बैशाख २०८१, १६ : ४५
बैंकिङ कसुर मुद्दामा फरार रहेकी शाही पक्राउ

काठमाडौं। बैंकिङ कसुर मुद्दामा फरार रहेकी करुणा शाही पक्राउ परेकी छिन् ।इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई ​कोहलपुर नगरपालिका ११ बाट पक्राउ गरेको हो ।​

 

अहिले उनको बयान लिने काम भइरहेको इलाका प्रहरी कार्यालयका डीएसपी धर्म भण्डारीले जानकारी दिए ।उनका अनुसार बैंकको कागजात रुजु गर्ने काम पनि भइरहेको छ ।​​उनका श्रीमान् अर्जुनबहादुर खाँण ठकुरी पनि बैंकिङ कसुर मुद्दामै केही समय अगाडि पक्राउ परेका थिए ।

जिल्ला अदालत बाँकेले उनलाई गत फागुन १५ गते  धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस