हिमाल आरोहण व्यवस्थापनका लागि सरकारले तोक्यो ७७ सम्पर्क अधिकृत

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, १५ : ०४
हिमाल आरोहण व्यवस्थापनका लागि सरकारले तोक्यो ७७ सम्पर्क अधिकृत

काठमाडौँ । सरकारले ७७ जना सम्पर्क अधिकृतलाई विभिन्न हिमालका लागि सम्पर्क अधिकृत तोकेको छ । यस सिजनको हिमाल आरोहणको व्यवस्थापनका लागि सम्पर्क अधिकृत तोकेको हो । 

पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुका लागि पर्यटन मन्त्रालय र अन्तर्गतका निकायबाट कुल ४८ जना कर्मचारीलाई सम्पर्क अधिकृतका रूपमा खटाएको छ ।यसरी खटाइएका सम्पर्क अधिकृतहरू आफ्नो आरोहण टीमका साथ हिमालको आधार शिविरसम्म पुग्नु पर्छ ।

आरोहण सम्पन्न नभएसम्म उनीहरू सोही शिविरमा बसेर सरकारी प्रतिनिधिका रूपमा आरोहण व्यवस्थापनमा सहयोग गर्नुपर्ने दायित्व छ । यस पटक सरकारले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय प्रमुखका रूपमा नापी विभागका खिमलाल गौतमलाई खटाएको छ ।

विभागले शुक्रबार उपलब्ध गराएको विवरण अनुसार यसरी सम्पर्क अधिकृतका रूपमा नियुक्त गरिएकामध्ये कतिपय अझै फिल्डमा खटिएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस