प्रतिनिधिसभा बैठकमा तीन मन्त्रीले सांसदकाे प्रश्नकाे जवाफ दिने

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, ०७ : ३४
प्रतिनिधिसभा बैठकमा तीन मन्त्रीले सांसदकाे प्रश्नकाे जवाफ दिने

काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक बस्दैँछ । 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बाेलाइएकाे छ ।

अाजकाे बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालय सबन्धी माैखिक प्रश्नहरूकाे सबन्धित मन्त्रिले उतर दिनेछन् । 

सभामुख देबराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतकाे बिषयगत समितिहरूमा माननीय सदस्यहरूकाे नाम हेरफेर गरिएकाे जानकारी गराउने छन् । 

उपप्रधान मन्त्री एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बिमेस्टेक वडा पत्र काे प्रावधान माथी सदनमा छलफल गरियाेस तथा अनुमाेदन गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएकाे बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियाेस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।