काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्ड मुद्दाको सुनुवाइ गर्दै बुधबार कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो। १७ वर्षअघि ०६३ साल चैत ७ गते गौरस्थित राईसमिल क्षेत्रमा भएको घटनामा २७ जना माओवादी कार्यकर्ताहरूको हत्या भएको थियो।
यसअघि उक्त मुद्दाको ०८० साल जेठ ३० गते न्यायधिश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले अन्य आदेश गरेको थियो।पीडितको तर्फबाट त्रिभुवन साहले ०८० साद जेठ २१ गते सर्वोच्च अदालतमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाई रिट दर्ता गराएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार र गौर हत्याकाण्डका पीडितबीच सहमति : मृतकलाई सहिद घोषणा गरिने
गौर हत्याकाण्ड : दोषीलाई कारबाही गर्न सीडीओलाई ज्ञापनपत्र
गौर हत्याकाण्डसम्बन्धी रिटमा सुनुवाइ सुरु
गौर हत्याकाण्डसम्बन्धी मुद्दा आज पनि ‘हेर्न नभ्याउने’मा
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी