काठमाडौं । बेलायती विश्व सेवा (बीबीसी) ले युक्रेनसँगको युद्धका पछिल्ला तीन वर्षमा रुसले ५० हजार सैनिक गुमाएको दाबी गरेको छ । सन २०२२ फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य हमला सुरु गरेको रुसले त्यो समयबाट ५० हजार सैनिक गुमाएको कुरा चिहान गनेर पत्ता लगाइएको बिबिसीले दाबी गरेको छ ।
बीबीसी रुसी सेवा, मिडियाजोनका कयौँ स्वयंसेवकहरूले रुसभरिका ७० सैन्य चिहान क्षेत्रमा थपिएका चिहान गन्दा यस्तो पत्ता लगाएको बिबिसीले दाबी गरेको छ ।पहिलो वर्षमा भन्दा युद्धको दोस्रो वर्षमा रुसले धेरै सैनिक गुमाएको दाबी बिबिसीको छ । दोस्रो वर्षमा २७ हजार ३०० सैनिक मारिएको बताइएको छ ।
वाग्नर समूहबाट मात्रै २२ हजार बढी लडाकु मारिएको बीबीसीको दाबी छ । मृत्यु भएका हरेक पाँचमा दुई जना रुसी सेनामा पहिलेबाट नजोडिएका समेत बीबीसीको दाबी छ ।
बीबीसीले यस्तो दाबी गरेकोमा रुसको कुनै औपचारिक प्रतिक्रिया आएको छ । युक्रेनले दाबी गरेको जस्तो लाख बढी रुसी सैनिक नमारिएको भने बीबीसीको दाबीले देखाएको छ । यस्तै अमेरिकी समाचार एजेन्सी एपीले सन २०२३ को जुलाईसम्म मै ५० हजार रुसी सैनिक मारिएको दाबी गरेको थियो । त्यो दाबी पनि बीबीसीको दाबी भन्दा धेरै देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ बैशाख २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप