सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहँदा आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रमलाई आज छलफलका लागि प्रदेश सभामा लैजाने निर्णय गरेको हो‍।

प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृत गर्दै प्रदेशसभामा प्रदेश प्रमुख परशुराम खापुंग समक्ष अनुरोध गर्ने सरकारका प्रवक्ता तथा उद्योग कृषि तष सहकारी मन्त्री भक्ति सिटौलाले बताएका छन्।

मन्त्रिपरिषद्को बैठकले प्रदेश सभालाई प्रदेश प्रमुख खापुंगले सम्बोधन गर्न आवश्यक तयारी पुरा गर्न निर्देशन समेत दिएको उनले जानकारी दिए। अल्पमतमा रहेको सरकारले अध्यादेशबाट बजेट ल्याउने हुँदा विपक्षी गठबन्धन दलहरुले विरोध जनाउँदै आएका छन्।

सरकारले बजेट पूर्व नीति तथा कार्यक्रमलाई सदनमा पेश गर्दै छलफल अघि बढाउनुपर्नेमा सदन स्थगित आएको थियो। सोही क्रममा बुधबार सदनमा नीति तथा कार्यक्रम पेश गर्ने र बजेटको प्रक्रिया अघि बढाउने तयारी सरकारको रहेको छ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले सरकारले अलोकतान्त्रिक मार्ग हुँदै ल्याउन लागेको बजेटमा दलहरुको आपत्ती रहेको बताएका छन्।

प्रदेशको विषयमा जोडिएको बजेटलाई छलफल नगरी एकैपटक मुख्यमन्त्री कार्यालयबाट सार्वजनिक कार्यक्रममा अल्पमतको सरकार हुँदा त्यसलाई सच्चाउनुपर्ने उनको भनाइ छ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आंग्बोले बजेटले प्रदेशबासीको हितमा सुनुवाई नगर्ने देखिँदा आउने अर्को सरकारले त्यसलाई प्रतिस्थापन गर्नेमा जोड दिन्छन्।