सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, १५ : ०६
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोपमा शुक्रवार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सोलुखुम्बुको साबिक जुभिङ्ग गाविस वडा नम्बर ५ को कित्ता नम्बर ५७९ र ५८१ को सरकारी जग्गा नक्कली श्रेस्ता खडा गरी/गराई व्यक्तिको नाममा दर्ता गरिएको थियो ।आयोगले उनीविरुद्ध ६ लाख १८ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको सजाय मागदाबी गरेको छ ।

यस्तै आयोगले सोलुखुम्बु नापीका तत्कालीन अमिन टंकप्रसाद निरौला, खुम्बु पासाङल्हामु गाउँपालिका १ की बस्ने बुद्धमाया थापा मगर र उनको नाती रामकृष्ण थापा मगरलाई पनि प्रतिवादी बनाएको छ ।

 

साथै फुरगेल्जे शेर्पा, ङिम याङजी शेर्पा, ल्हाक्पादिकी शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व. मिङमाल्हमू शेर्पालाई पनि आयोगले प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस