काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागीबाट प्रभावित महोत्तरीका दुईचार सय नागरिकलाई खाना खुवाउन नसक्ने अवस्थामा सरकार नभएको बताएका छन् ।
सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यक समन्वय गरेर आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले भने, ‘प्रकोप कति बेला हुन्छ भन्ने थाहा हुँदैन । तर, घटना भइसकेपछि तत्काल राहत वितरणको विषयमा मैले स्पष्ट निर्देशन गरिसकेको छु । कुनै पनि प्रशासनले तत्काल दिने राहतहरुमा, तत्काल पैसा दिनुपर्ने अवस्था छन् भने कोष छ, त्यहाँ मिल्दैन भने मलाई भन्नुस् कहाँ हस्ताक्षर गर्नुपर्छ, कहाँ निर्णय गर्नुपर्छ तत्काल गर्नुस् । यो आएको निर्देशनलाई कार्यान्वयन गर्ने कुरामा कहीँ ढिलाइ भएको छैन, भइहाल्छ । मन्त्रालयको तर्फबाट आफैं सचेत भएर कुराकानी गरिरहेको छु ।’
आपत्त पर्दा बस्ने र खानेकै समस्या भयो भनेर ठूलो गुनासो आइरहेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले समस्या समाधान गर्न निर्देशन दिए । उनले भने, ‘धेरै ठूलो प्रभावित भएको हो भने त्यसलाई व्यवस्थित गर्न सकिँदैन । त्यस्तो अवस्था नहुँदा राज्यसँग क्षमता सीमित छ भन्ने थाहा छ । तर आपत्त परेका दुईचार सय नागरिकलाई खाना नै खुवाउन नसक्नेगरी त्यो दरिद्रता त छैन । म ग्यारेन्टी दिन्छु । त्यसमा समन्वय पुगेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट