भोलि बुद्धजयन्तीका दिन देशभर सार्वजनिक विदा

बुधबार, २४ बैशाख २०७७, १६ : १३
भोलि बुद्धजयन्तीका दिन देशभर सार्वजनिक विदा

चितवन । भोलि विहीबार बुद्धजयन्ती (बैशाख पूर्णिमा/चण्डी पूर्णिमा)का दिन मुलुक भरी सार्वजनिक विदा हुने भएको छ ।

गत वर्षका चैतको १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसारको २०७७ सालका विदाहरु चैत १७ गते राजपत्रमा प्रकाशन भइसकेको छ । 

राजपत्रमा बुद्धजयन्तीका दिन पनि विदा दिने उल्लेख भएकाले भोलि विदा दिइने गृहमन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस