काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदली भएको छ । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
पश्चिमी वायुको सामान्य प्रभाव र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भए पनि विगतको तुलनामा मौसम सफा हुने जनाइएको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले बदली तथा वर्षाको सम्भावना भने कायमै जनाईएको छ ।
बुधबार दिउँसो पश्चात सामान्य बदली हुने मौसमविदले बताएका छन् । पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिक बदली रहने छ । पश्चिमी तथा पूर्वी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आजको मौसम : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी दुई प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना