खाडी र मलेसियाबाट कामदार फर्काउने सरकारको तयारी

पत्रपत्रिकाबाट

मंगलबार, २३ बैशाख २०७७, ०७ : ५९
खाडी र मलेसियाबाट कामदार फर्काउने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारीपछि वैदेशिक रोजगारीमा रहेकामध्ये अतिसंकटमा रहेका नेपाली फर्काउन  आन्तरिक तयारी थालेको छ । 

विदेशमा रहेका नेपालीलाई चार श्रेणीमा विभाजन गरेर सरकारले श्रमगन्तव्यमा परेकाको उद्धारलाई पहिलो प्राथमिकतामा राखेको हो । अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि प्राथमिकता क्रमका आधारमा नेपालीलाई स्वदेश फर्काउने र क्वारेन्टाइनसहितको प्रबन्ध गर्ने सरकारी तयारी छ ।

‘हामी कुन मितिमा ल्याउँछौँ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । तर, अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि आवश्यकताका आधारमा प्राथमिकता क्रम छुट्याएर  नेपाली नागरिकलाई स्वदेश फर्काउँछौँ,’ परराष्ट्रमन्त्री  प्रदीप ज्ञवालीले सोमबार सञ्चारकर्मीसँग भने, ‘यसका लागि श्रम गन्तव्य मुलुकका हाम्रा दूतावासले परिस्थितिको आकलन गर्ने र नेपालीको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।’

श्रम मुलुकमा रहेका गर्भवती, आफन्त गुमाएका, गैरकानुनी रूपमा बसेका र फिर्ता हुन सम्बन्धित देशले आदेश दिएका, अतिसंकटमा रहेका नेपालीलाई स्वदेश फर्काउन पहिलो प्राथमिकतामा राखिएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस