लुकेर सिमा पार गर्न लागेका ११ भारतिय मुस्लिम युवा पक्राउ

सोमबार, २२ बैशाख २०७७, ०९ : ५६
लुकेर सिमा पार गर्न लागेका ११ भारतिय मुस्लिम युवा पक्राउ

जलेश्वर । भारतसँग सिमा जोडिएको महोत्तरीमा लकडाउन उल्लंघन गर्दै सीमा पार गर्न लागेका ११ भारतीय मुस्लिमलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरु जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेपछि उनीहरुलाई आज बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।  हातमा झोला बोकेका उनीहरु लुकेर लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन् । उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको आएका थिए । 

लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर एकाबिहानै आफ्नो घरतिर जाँदै गरेको अवस्थामा सीमानाका मै पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस