काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सोमबार आंशिकदेखि पूर्ण बदली हुने र केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो।
यस्तै पूर्वी क्षेत्र नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहनुका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसमविदले उल्लेख गरेका छन् । सोमबार दिउँसो देशका अधिकांश क्षेत्रमा सामान्य देखि पूर्ण बदली रहने छ । केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
राति पनि देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य क्षेत्रका थोरै स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा असिना पानीको सम्भावना
आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना