काठमाडौं । भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्ब्याउने निर्णय गरेसँगै उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगायतका विभिन्न सहरमा रोकिएका बिरामी र तिनका आफन्तहरु एम्बुलेन्सबाट धमाधम फर्किन थालेका छन् ।
यसरी फर्किनेमा अधिकांश क्यान्सरका बिरामी र उनीहरुका आफन्त रहेका छन् । ‘धेरै भएको थियो घर नगएको । फेरि यो लकडाउन कहिले सकिने हो टुंगो भएन, त्यही भएर जान लागेका हौं ।’, एम्बुलेन्स रिजर्भ गरेर नेपाल जान लागेका खड्गबहादुर राईले भने ।
झापा दमकका उनी श्रीमतीको क्यान्सर उपचारका लागि ११ महिनाअघि भारत आएका थिए । भारतमा मार्च २४ देखि लकडाउन भएपछि अस्पतालमा उपचारका लागि आएका सयौंको संख्याका बिरामी र आफन्त रोकिएको अनुमान गरिएको कान्तिपुरमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?