काठमाडौं । भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्ब्याउने निर्णय गरेसँगै उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगायतका विभिन्न सहरमा रोकिएका बिरामी र तिनका आफन्तहरु एम्बुलेन्सबाट धमाधम फर्किन थालेका छन् ।
यसरी फर्किनेमा अधिकांश क्यान्सरका बिरामी र उनीहरुका आफन्त रहेका छन् । ‘धेरै भएको थियो घर नगएको । फेरि यो लकडाउन कहिले सकिने हो टुंगो भएन, त्यही भएर जान लागेका हौं ।’, एम्बुलेन्स रिजर्भ गरेर नेपाल जान लागेका खड्गबहादुर राईले भने ।
झापा दमकका उनी श्रीमतीको क्यान्सर उपचारका लागि ११ महिनाअघि भारत आएका थिए । भारतमा मार्च २४ देखि लकडाउन भएपछि अस्पतालमा उपचारका लागि आएका सयौंको संख्याका बिरामी र आफन्त रोकिएको अनुमान गरिएको कान्तिपुरमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित
डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल
इयू र भारत व्यापार सम्झौताको नजिक
भारतले जित्यो तीन खेलको वान डे सिरिज