काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले देशको पहाडी क्षेत्रमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो । यस्तै पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहनुका साथै तथा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसमविदले बताएका छन् ।
आइतबार दिउँसो देशको अधिकांश क्षेत्रमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।
राति पनि देशको अधिकांश क्षेत्रमा सामान्य बदली रही पश्चिमी र मध्य भू–भागका केही स्थानमा तथा पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा असिना पानीको सम्भावना
आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना