नेकपाको सचिवालय बैठकमा कुन नेताले के भने ?

आइतबार, २१ बैशाख २०७७, ०८ : २०
नेकपाको सचिवालय बैठकमा  कुन नेताले के भने ?

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको शक्ति संर्घष तत्कालका लागि युद्धविराममा पुगेर टुंगिएको छ । तीन दिन अगाडीको सचिवालय बैठकमै नेताहरुले प्रधानमन्त्रीको सरकार र पार्टी सञ्चालन पद्दतीको विरोध गर्दै राजीनामा माग गरेका थिए । तर एकाएक शनिबारको बैठकमा ओलीको राजीनामाको विषय बैठकमा प्रवेश नै पाएन् । ओलीले सचिवालयमा बहुमत नेता आफनो पक्षमा उम्भाए पनि अन्य इतर नेताहरुले उनको राजीनामाकै विषय उठाउने अनुमान धेरैलाई थियो ।

तर दुई अध्यक्ष बीच एक्लाएक्लै करिव ४० मिनेटको छलफल पछि शुरु भएको सचिवालय बैठकमा अनुमान भन्दा विपरित सबै नेताहरु एकाएक मिलेर अगाडी बढने, आप्mना कमजोरीमा आत्मआलोचना गर्ने भन्दै बैठकमा प्रवेश गरे । यसले नेकपाभित्र नयाँ रुपमा नेताहरुका बीचमा मिलन भएको छ । 
 
बैठकमा कसले के बोले ?

केपी ओली :
‘म सबै कुरा मान्छु । मैले पार्टी र सरकार बीच समन्वय गरेर अगाडी बढने कुरामा गल्ती गरे । जे–जे गरे मैले ठिक गरिन । त्यसका लागि म गम्भिर आत्मआलोचना गर्छु । म सरकार सञ्चालनका विषयमा अब पार्टीको विधि र पद्दती अनुसार पार्टी निर्णयका आधारमै अगाडी जान्छु । तपाईहरुले पनि आफना तर्फबाट भएका कमजोरीको जिम्मा लिनुहोस । अब एकतावद्ध भएर जाऔं ।’
 
पुष्पकमल दाहाल :
नेताहरुका बीचमा अविश्वास पैदा हुने काम सबैबाट भएका छन् । आ–आप्mना ठाँउमा कमीकमजोरी भएका छन । त्यसलाई सच्याउँदै एकताबद्ध भएर जानुको विकल्प छैन । सवैले आत्मआलोचना गरेर एकतावद्ध भएर अगाडी बढौं ।
 
झलनाथ खनाल :
एकतावद्ध भएर जाने विषय जति सुन्दर छ, त्यो ब्यवहारमा कार्यान्वयन भएर जाँदा राम्रो हुन्छ । यसलाई जोगाएर जाऔं भन्ने कुरा सकारात्मक नै छ । साथीहरुले स्थायी समिति माग गर्नुभएको छ । स्थायी समिति बोलाऔं ।
 
माधव नेपाल :
एकताबद्ध भएर जाने, कमीकमजोरी स्वीकार गर्ने विषय सही छन् । तर दुई  नेताको चोचोमोचो मात्र मिलाउने कुरा मात्र हो भने त्यो म मान्दिन । पार्टी नेताहरुको माग अनुसार स्थायी समिति बैठक बोलाएर जाऔं । साथीहरुका कुरा पनि सुनौं ।
 
वामदेव गौतम :
एकदम राम्रो भयो । मिलेर जाने कुरा आए । अब देखि गुटबन्दी नगरौं । सल्लाह गरेर पार्टी र सरकार चलाऔं ।  (नेताहरुले बोलिसकेपछि फेरि पछि थप बोल्दैं) मेरो फेस सेभिङका लागि भएपनि प्रतिनिधीसभामा उपयुक्त समयमा पठाउने भनी निर्णयमा लेखौं ।
 
नारायणकाजी श्रेष्ठ :
एकताबद्ध भएर जाने कुराले अत्यन्त खुसी लागेको छ । पार्टीलाई फुट उन्मुख गराउने मान्छे, ब्यक्ती को हुन् ? भैसेपार्टी बैठकले अध्यादेश फिर्ता लिन लगाउने आवश्यक परे स्थायी समिति बैठकवाट पनि अध्यादेश फिर्ता गराउने कुरा मात्र गरेको थियो । त्यहा राजीनामा माग्ने कुनै कुरा थिएन । राजीनामाको कुरा कसरी आयो ? परिस्थितीलाई फुटमा लैजाने तरंगित बनाउने कुरा ठिक होइन । अब देखि ब्यक्तिगत स्वार्थ केन्द्रीत छलफलमा भाग लिन्न । वामदेवका विषयमा प्रधानमन्त्री बनाउने प्रधानमन्त्रीको प्रस्ताव के हो ? त्यो जारी छ की फिर्ता भयो ? के हो स्पष्ट हुनुपरयो ।
 
रामबहादुर थापा (बादल) :
मैले एकताबद्ध भएर जानुको विकल्प छैन भनेको थिए । आत्मआलोचना गर्ने, एकताबद्ध भएर जाने कुरा नै ठिक छ । अहिले त्यही भयो । राम्रो भयो । रुपान्तरण सहितको एकता नै अहिलेको आवश्यकता हो । यो सही पनि छ । ठिक भयो ।
 
इश्वर पोखरेल :
पार्टीमा अस्थिरता ल्याउने विभाजन ल्याउने खतरा अब टरेर गएको छ । एकताबद्ध भएर जाने प्रतिबद्धता नेताहरुबाट आएको छ । राम्रो भएको छ । यसले अब पार्टीलाई थप उचाईमा पुर्याउनेछ ।
 
विष्णु पौडेल : 
अनुचित माग र कुराले कम्युनिष्ट पार्टीलाई हित गर्दैनथ्यो । एकताबद्ध भएर जानुको विकल्प थिएन । अब सबैले आ–आप्mना कमजोरी स्वीकार गरिएको छ । अब मिलेर जाने प्रतिबद्धता ब्यक्त भएको छ । यसले पार्टी एकतालाई अब थप मजबुत बनाउने छ ।  नेताहरु सही निश्र्कषमा पुग्नु भएको छ ।