जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् ताकाइची

एजेन्सी

मंगलबार, ०४ कार्तिक २०८२, १४ : २३
जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् ताकाइची

काठमाडौँ । साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् ।

६४ वर्षीया तकाइची एक दक्षिणपन्थी नेतृ हुन् । जापानमा उनी ‘आयरन लेडी’ को रूपमा परिचित छिन् । तेस्रो प्रयासपछि उनी जापानकी प्रधानमन्त्री बनेकी हुन् ।

ताकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन् । एलडीपीले पछिल्लो ५ वर्षमा चौथो पटक नयाँ प्रधानमन्त्री चयन गरेको हो । यो पार्टीले पछिल्ला वर्षहरूमा धेरै घोटालाको आरोप खेपिरहनु परेको छ ।

तकाइची जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नजिकका नेतृ मानिन्छन् । यसअघि उनी मन्त्री समेत बेनिसकेकी छिन् । उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर समेत पनि हुन् ।

प्रतिक्रिया दिनुहोस