काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि देशभर लकडाउन गरिएसँगै सडकमा अनुमति प्राप्त र अत्यावश्यक सवारी साधन मात्र गुडिरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जनपद, सशस्त्र र ट्राफिक प्रहरीले प्रत्येक सवारी साधनको गन्तव्य तथा अनुमति लिए–नलिएको जाँच गर्दै आएका छन् ।
अनुमति नलिएका सवारी साधनहरूलाई नियन्त्रणमा लिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुुसार ३९ दिनयता लकडाउन उल्लंघन गर्ने १८ हजार २ सय ८१ वटा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमध्ये ६२ वटा सवारी साधन सम्बन्धित धनीलाई बुझाउन बाँकी रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले लकडाउनको पहिलो दिन सबै सवारी साधनलाई जुन बाटो आएको हो, त्यही बाटो फर्काएकाले त्यस दिन कुनै पनि सवारी साधन कारबाहीमा नपरेको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘लकडाउनको पहिलो दिन सवारी साधनलाई फर्काइयो,’ उनले भने, ‘दोस्रो दिन धेरै सवारी साधन होल्ड गरियो, त्यसपछि बिनाइजाजत सवारी साधन सञ्चालनमा कमी आयो ।’ उनका अनुसार कतिपय मानिस विभिन्न बहाना बनाएर सडकमा निस्कँदा आवश्यकले समेत दु:ख पाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २१ बैशाख २०७७, ०६ : ५१
लेखकबाट थप