हिमपहिरोमा परी बेपत्ता भएका सातै जनाको शव फेला

शनिबार, २० बैशाख २०७७, १३ : ३०
हिमपहिरोमा परी बेपत्ता भएका सातै जनाको शव फेला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत वर्षको माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका सातै जनाको शव फेला परेको छ ।

बेपत्ता भएका उनीहरुको खोजीमा नेपाली सेनाको पश्चिम पृतना हेड्क्वार्टरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोली खटिएको थियो ।

हिमपहिरोमा ३ जना नेपाली गाईड तथा ४ जना कोरियन पर्यटकहरु बेपत्ता भएका थिए । तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेका थिए ।  

टोलीले शुक्रबार फेला पर्न बाँकी एक जना नेपाली र एक जना कोरियन नागरिकको शव पनि फेला पारेको छ । शवलाई शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पु(याएको छ ।