वैशाख २५ पछि लकडाउन खुकुलो बनाउन निर्देशन

पत्रपत्रिकाबाट

शनिबार, २० बैशाख २०७७, ०८ : ००
वैशाख २५ पछि लकडाउन खुकुलो बनाउन निर्देशन

फाईल फोटो

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले उच्च सतर्कता अपनाएर लकडाउन खुकुलो बनाउन सरकारलाई निर्देशन दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा शुक्रबार छलफल भएपछि समितिले लामो लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनेको उल्लेख गर्दै खुकुलो बनाउँदै पूर्णरुपमा खोल्ने योजना तर्जुमा गर्न निर्देशन दिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस