काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोक डेरा गरी बस्ने एक जना मृत अवस्थामा फेला परेका छन् ।
नागार्जुन नगरपालिका-५ छकडोल घर भएका ५५ वर्षीय कृष्ण बहादुर तामाङ आफ्नै कोठामा बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ललितपुरको गोदाबरी नगरपालिका-३ नँयाबाटोस्थित जस्ताले बनाएको टहरामा बस्दै आएकी एक महिला पनि मृत फेला परेकी छिन् ।
रुकुम घर बताउने उनी सोही टहरोभित्र बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी हुन् । हाल उनकाे नाम, थर, खुल्न नसकेकाे प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
                
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
टेकु दोभानमा एक जना मृत फेला
कैलालीमा युवकको शव फेला