मौसम पूवार्नुमान : आज पनि दिनभर हावाहुरी, चटयाङ सहित वर्षाको सम्भावना

विहीबार, १८ बैशाख २०७७, ०८ : २६
मौसम पूवार्नुमान : आज पनि दिनभर हावाहुरी, चटयाङ सहित वर्षाको सम्भावना

काठमाडौँ । देशभरको मौसम बिहीबार पनि आंशिकदेखि सामान्य बदली रही केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पूर्वी क्षेत्रमा सामान्य बदलीको अवस्था छ । यस्तै मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ । पश्चिमी वायु र स्थानीय वायु प्रभाव तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको मौसमविदले बताएका छन् । यस्तै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिहेको उनीहरुले बताए ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ ।