काठमाडौं । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हो ।
हिन्दूस्तान टाइम्सले जनाए अनुसार अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।
गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन
तारकेश्वर गाउँपालिकाका वडाध्यक्ष रिमालको निधन
गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन
लिभरपुल र पोर्चुगलका स्टार स्ट्राइकर डिएगो जोटाको निधन