काठमाडौँ । देशभरको मौसम मंगलबार पनि सामान्यतया भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव र पूर्वी क्षेत्र नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको हो । यस्तै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको मौसमविदले बताएका छन्।
हाल देशको पश्चिमी भू–भाग लगायत पहाडी भेगमा सामान्य बदली भई पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । मंगलबार दिउँसो देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राती देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा असिना पानीको सम्भावना
आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना