बन्द रहेका उद्योगलाई ब्याजदरमा छुट

बुधबार, १७ बैशाख २०७७, ०८ : ४१
बन्द रहेका उद्योगलाई ब्याजदरमा छुट

काठमाडौं । केन्द्रिय बैंकले कोरोनाका कारण बन्द रहेका उद्योगलाई २ प्रतिशत विन्दुले ब्याजदर घटाउन निर्देशन दिएको छ ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै कोरोनाका कारण हाल बन्द रहेका पर्यटन तथा उत्पादनमुलक उद्योगलाई दुई प्रतिशत विन्दुले ब्याज घटाउन निर्देशन दिएको हो । बन्द उद्योगलाई ठूलो राहत पुग्ने भन्दै खासगरी ऋणात्मक हुने क्षेत्रलाई राहत दिन केन्द्रीय बैंकले यस्तो निर्देशन ल्याएको हो ।

पर्यटन, उत्पादनमुलक उद्योग, अटोमोटिभलगायतका क्षेत्र कोरोनाका कारण ऋणात्मक हुने सम्भावना रहेकोले ती क्षेत्रलाई तत्काल राहत दिन २ प्रतिशत विन्दूले ब्याज घटाइएको राष्ट्र बैंकले जनाएको छ ।कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस