पत्रकार महासङ्घ चितवन शाखालाई सुरक्षा सामग्री हस्तान्तरण

रासस

मंगलबार, १६ बैशाख २०७७, १९ : ४५
पत्रकार महासङ्घ चितवन शाखालाई सुरक्षा सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशले नेपाल पत्रकार महासङ्घ चितवन शाखालाई पत्रकारहरुका लागि व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । प्रदेश अध्यक्ष प्रताप बिष्टले आज शाखा अध्यक्ष राधेश्याम खतिवडालाई सामग्री हस्तान्तरण गर्नुभएको हो । 

सो अवसरमा उहाँले दुई सय सर्जिकल माक्स, ८० सानिटाइजर र ८० थान पञ्जा बिष्टले हस्तान्तरण गर्नुभएको हो । उहाँले पत्रकारहरुलाई अहिलेको अवस्थामा समाचार सम्प्रेषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा ती सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । 

प्रदेशका १० वटा जिल्लामा सामग्री पठाइएको उहाँको भनाइ थियो । लकडाउनको समयभन्दा त्यसपछिको समयमा यस्ता सामग्री थप आवश्यक हुने भन्दै शाखा अध्यक्ष खतिवडाले त्यसको प्रबन्धका लागि अनुरोध गर्नुभयो । चितवनमा झण्डै तीन सय पत्रकार रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस