सकियो ओली र नेपाल पक्षको वार्ता, भोलि सचिवालय बैठक बस्ने

सोमबार, १५ बैशाख २०७७, १८ : ३९
सकियो ओली र नेपाल पक्षको वार्ता, भोलि सचिवालय बैठक बस्ने

फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा बसेको ओली र नेपाल पक्षको वार्ता सकिएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको विवादबारे छलफल गर्न बैठक बसेको थियो । 

बैठकमा अनौपचारिक कुराकानी भएको तर कुनै निर्णय नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए । उनले भोलि मंगलबार पार्टी सचिवालय बैठक बस्ने बताए ।

छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका गरी मुख्य ४–४ जना नेताहरू सहभागी थिए ।

छलफलमा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहभागी थिए । नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस