पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

सोमबार, १५ बैशाख २०७७, १५ : ३०
पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आज सोमबार अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको हो । 

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही वैशाख १० गते उपाध्याय पक्राउ परेका थिए । पूर्वसचिव उपाध्यायविरुद्ध आइतबार साइबर क्राइमको मुद्दा दर्ता भएको थियो । उनलाई ५ वर्षसम्म कैद सजाय दिन माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस