माधव नेपालको घरमा ओली र नेपाल पक्षको वार्ता जारी

सोमबार, १५ बैशाख २०७७, १५ : ०७
माधव नेपालको घरमा ओली र नेपाल पक्षको वार्ता जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा अहिले ओली र नेपाल पक्षको वार्ता जारी छ ।

ओली पक्षका चार नेता र नेपाल पक्षका चार नेताबीच नेपाल निवास कोटेश्वरमा छलफल जारी छ । उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोेखरेल, प्रदीप ज्ञवाली र विष्णु पौडेल सहभागी छन् । त्यस्तै माधव नेपालसहित विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रघु पन्त सहभागी छन् ।

यसअघि ओली र नेपालबीच बालुवाटारमा वार्ता भएको थियो । ओली र नेपालबीचको छलफलमा दुवै तर्फका नेतालाई विवाद मिलाउने जिम्वारी दिएको स्रोतले बताएको छ । 

नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने भनेको छ । त्यस्तै एक व्यक्ति एक पदको अवधारणाअनुसार तलदेखिकै जिम्मेवारीमा हेरफेर हुनुपर्ने मागसमेत नेपाल पक्षले गरेको छ । दुवै पक्षका नेताहरुको छलफलले ठोस निष्कर्ष निकाल्ने छ । 

प्रतिक्रिया दिनुहोस