वाग्मती गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला

सोमबार, १५ बैशाख २०७७, १४ : ४५
वाग्मती गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक  व्यक्ति मृतावस्थामा फेला परेका छन् । गाउँपालिका वडा नं १ कटुनबेंसीस्थित वाग्मती नदीमा सोही गाउँपालिका –१ निवासी  ४८ वर्षीय कालीबहादुर थिङ  सो अवस्थामा फेला परेका हुन् । 

मकवानपुरबाट घर फर्कने क्रममा उक्त खोला तर्दा बगाई उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ हामीले हिजो बेलुका थिङको शव ल्याई आज बिहान पाटन अस्पताल पोष्टमार्टमका लागि लगेका छौँ ।”  (रासस)