पोखरा । आमा छोरी सेती नदीमा मृत फेला परेका छन्। उनीहरू ३ दिनदेखि हराइरहेकोमा शनिबार तनहुँ ऋसिङ गाउँपालिका ३ मास्तीघाटस्थित सेती नदीमा मृत फेला परेका हुन् ।
तनहुँ ब्यास नगरपालिका १, भादगाँउ बस्ने हरिकृष्ण श्रेष्ठकी श्रीमती ३४ बर्षिय रविता श्रेष्ठ र उनी छोरी ११ बर्षिय प्रियाको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको हो ।
उनीहरूको मृत्युको के कति कारण भयो भन्नेबारे अनुसन्धान अघि बढाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दियो। रविताका पति कामको शिलशिलामा भारतमा छन्। राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस