आज दिन भरको मौसम कस्तो रहला ?

आइतबार, १४ बैशाख २०७७, ०८ : ०१
आज दिन भरको मौसम कस्तो रहला ?

काठमाडौँ । देशभरको मौसम आइतबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रका कारण मौसम बदली भएको हो। यस्तै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको मौसमविदले बताएका छन्। अहिले देशका केही स्थानमा सामान्य बदली भइ वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।यसैगरी राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।