हिलिहाङ ७ सल्लेरीमा ३ सय थान मास्क वितरण, मास्कबिना जानेलाई सामान नबेच्ने

शनिबार, १३ बैशाख २०७७, १७ : ४७
हिलिहाङ ७ सल्लेरीमा ३ सय थान मास्क वितरण, मास्कबिना जानेलाई सामान नबेच्ने

– उर्गेन तामाङ
पाँचथर । पाँचथरको हिलिहाङ गाउपालिका ७ सल्लेरी बजारमा मास्क बिना प्रबेस गर्न कडाई गरिएको छ । सल्लेरी बजार व्यवस्थापन समितिले शनिबार मास्क वितरण गर्दै मास्क बिना प्रबेसमा कडाई गरेको हो । 

नेपालमा कोरोना सन्क्रमितको सन्ख्या बढ्दै गएपछी स्थानियस्तरमा पनि कोरोना विरुद्धको सुरक्षा सतर्कतामा कडाई गरिएको समितिका अध्यक्ष नेत्र प्रसाद अधिकारीले बताए । पछिल्लो पटक झापामा भाइरस सन्क्रमित ब्यक्ती भेटिएपछी थप कडाई गरिएको पत्रकार उर्गेन तामाङले बताए । 

सल्लेरी बजारमा अब मास्क बिना सामान किन्न आउने ब्यक्तिलाइ सामान नबेच्ने समितिले जनाएको छ । अध्यक्ष अधिकारीका अनुसार मास्क नलगाइ आए कुनै पसलले पनि सामान दिने छैन । 

समितिले सनिबार स्थानियलाई ३ सय थान मास्क बितरण गरेको समितिका सचिब सिरोमणी रिजालले जानकारी दिए । यसअघि हिलिहाङ ७ डाडागाउका तामाङ युबाहरुले गाउका स्थानियलाई ५० थान मास्क बितरण गरेका थिए । 

यस्तै हिलिहाङ ७ मा पसलमा मदिरा बिक्रीवितरणमा कडाई गर्ने तयारी भएको छ । कार्यक्रममा उपस्थित जनप्रतिनिधी, सुरक्षा निकाय लगायत स्थानियले मदिरा बिक्रीवितरणमा कडाई गर्नुपर्नेमा जोड दिएका थिए । पसलमा मदिरा बिक्रीवितरण तथा राती ढिलासम्म खुल्दा अनावश्यक भिडभाड बढेकाले कडाइ गर्नुपर्नेमा जोड दिएका हुन ।

प्रतिक्रिया दिनुहोस