फजुल खर्चको पराकाष्ठा : सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

पत्रपत्रिकाबाट

बुधबार, ०९ फागुन २०७४, ०७ : २६
फजुल खर्चको पराकाष्ठा : सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ।

यो खर्च साउनदेखि माघसम्मको हो। ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद् सदस्यको तलब, घुमघाम, इन्धन, महँगी भत्ता, सञ्चारलगायत शीर्षकमा यति खर्च भएको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार सात महिनामा मन्त्रीको तलबमा मात्रै ८ करोड ९० लाख ९८ हजार ६ सय २२ रुपैयाँ खर्च भएको छ। यो रकम यसअघिका सरकारका पालामा हुनेभन्दा झन्डै ६० प्रतिशतले बढी हो।

कार्यालय लेखा शाखाप्रमुख उपसचिव कृष्णप्रसाद देवकोटाले मन्त्रीहरू बढी भएकाले सबै शीर्षकमा सोचेभन्दा बढी खर्च भएको जानकारी दिए।

पछिल्लो सात महिनामा मन्त्रीहरूले घुमघाममा मात्रै २ करोड २८ लाख ६६ हजार ७ सय ४ रुपैयाँ सकाएका छन्। यो खर्च यसअघि सोही शीर्षकमा भएको खर्चको तुलनामा दोब्बरले बढी हो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस