ओली र देउवाको छलफल पछि मिसिए प्रचण्ड पनि

शुक्रबार, १२ बैशाख २०७७, १७ : ००
ओली र देउवाको छलफल पछि मिसिए प्रचण्ड पनि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक्लाएक्लै एक घण्टा भेटवार्ता भएको छ ।

ओली र देउवाबीच छुट्टै भेटवार्ता भएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सो छलफलमा सहभागी हुन पुगेका छन् ।

अहिले नेकपाका अध्यक्षद्वय र नेपाली कांग्रेसका सभापतिबीच बालुवाटारमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार देशको समसामयिक विषयमा छलफल गर्न देउवा र दाहाल बालुवाटार आएका हुन् ।

प्रतिक्रिया दिनुहोस