प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच आज भेटवार्ता हुँदै

शुक्रबार, १२ बैशाख २०७७, १४ : ४७
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच आज भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बोलाएका छन् । 

काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनसार शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई बोलाएका हुन् । 

महतका अनुसार उनीहरुबीच सरकारले वैशाख ८ गते जारी गरेका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पछि उत्पन्न परिस्थित र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणबारे छलफल हुनेछ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले काँग्रेससँग कुनै छलफल नगरेभन्दै काँग्रेसले निरन्तर गुनासो गर्दै आएको थियो ।

सरकार संकटमा पनि संवेदनहीन भनेको र निरंकुशमा अग्रसर भएको भन्दै सभापति देउवाले बुधबार प्रतिपक्षीहरुसँग छलफल गरेका थिए । काँग्रेस उच्च स्रोतका अनुसार विहीबार मात्र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको थियो ।

त्यसपछि आज विहान ११ बजे प्रधानमन्त्री ओलीले फोन गरेर देउवालाई तीन बजे भेटवार्ताका लागि बालुवाटार बोलाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस