अन्ततः पछि हट्यो सरकार, अध्यादेश फिर्ता लिइने

शुक्रबार, १२ बैशाख २०७७, १२ : ३३
अन्ततः पछि हट्यो सरकार, अध्यादेश फिर्ता लिइने

काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । 

आज शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो । 

उक्त अध्यादेशको चौतर्फी विरोध भएपछि सरकारले फिर्ता लिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।