काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ ।
आज शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।
उक्त अध्यादेशको चौतर्फी विरोध भएपछि सरकारले फिर्ता लिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक