‘उच्च जोखिममा खटिएका पत्रकारहरुको ¥यापिड टेष्ट सहितको परिक्षणको व्यवस्था मिलाउ’ : पत्रकार महासंघ चितवन

पारिश्रमिक समयमै उपलब्ध गराउन र कुनै पनि बहानामा पत्रकारलाई बिदा वा निकाला नगर्न आग्रह

शुक्रबार, १२ बैशाख २०७७, ०८ : ५२
‘उच्च जोखिममा खटिएका पत्रकारहरुको ¥यापिड टेष्ट सहितको परिक्षणको व्यवस्था मिलाउ’ : पत्रकार महासंघ चितवन

चितवन । कोरोना भाइरसको उच्च जोखिममा रहेपनि आम नागरिकलाई सुसुचित गराउन अग्रभागमा खटिएका पत्रकारहरुलाई ¥यापिड टेष्ट सहितको परिक्षणको व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ चितवनले सरोकारवालासंग माग गरेको छ ।

महासंघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै कोरोनाको संक्रमणले उत्पन्न गराएको संकटका बिचमा पनि उच्च जोखिम मोलेर खटिएका पत्रकारहरुको सुरक्षाको सवालमा स्यवं पत्रकार आफैं संवेदनशिल बन्न आग्रह गर्दै संचारगृहलाई समेत अधिकतम मापदण्ड पुरा गराएर कर्ममा खटाउन आग्रह गरिएको छ । 

जारी गरिएको विज्ञप्तीमा भनिएको छ–‘यो संकटपुर्ण अवस्थामा मिडिया व्यवस्थापकले उपलव्ध गराउनुपर्ने २०७६ चैत मासन्त सम्मको पारिश्रमिक समयमै उपलव्ध गराइदिन र यो समयमा कुनैपनि श्रमजिवी पत्रकारलाई वेतलवी बिदा वा अन्य कुनै वहानामा बिदा गर्ने काम नगर्न नगराउन अनुरोध गर्दछौं ।  संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै संचारकर्मी र संचार प्रतिष्ठानहरुको समस्या समाधानका लागि राहत सुविधा उपलव्ध गराउन स्थानीय सरकारसंग र स्वरोजगार मिडियाले राज्यबाट पाउनुपर्ने रकम तत्काल उपलव्ध गराउने वातावरण सृजना गर्न सरकारसंग माग गर्दछौं ।’ 

महासंघका अध्यक्ष राधेश्याम खतिवडाद्धारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना संक्रमणको उच्चजोखिम मोलेर जनतालाई सूचना दिने दायित्व पुरा गरीरहेका आम संचारकर्मीहरुलाई आफ्नो सुरक्षा प्रति संवेदनशिल भएर समाचार सम्प्रेषण गर्न आव्हान गर्दै मिडिया प्रतिष्ठानले संचारकर्मीलाई कार्यक्षेत्रमा कर्मका लागि खटाउँदा सुरक्षाका अधिकतम मापदण्ड पुरा गरेर मात्र खटाउन पुनः आग्रह गरिएको छ । 

लकडाउनको समय अवधी लामो भएकोले परिस्थितीजन्य समस्या (खाद्यान्न, स्वास्थ्य उपचार आदि) को समस्या समाधान महासघले गरिरहेको जानकारी गराउदैं थप समस्या आइपरेमा नेपाल पत्रकार महासंघले त्यसको समाधान गर्न सहयोग र समन्वय गर्ने भएकोले तत्काल जानकारी गराउनुहुन जिल्लामा रहेका पत्रकारहरुलाई आग्रह गरिएको छ ।  

विज्ञप्तीम अगाडी भनिएको छ–‘जिल्लाका सञ्चारकर्मीहरुको तत्कालीन समस्या समाधान गर्न महासंघ आफैँ सक्षम रहेकोले कोही कसैले यो संकटको समयका लागि राहत स्वरुप आर्थिक संकलन र अन्य जिन्सी सामग्री संकलन नगर्न र संचारकर्मीका नाममा कुनैपनि प्रकारका सहयोग नउठाउन अनुरोध गर्दछौं । 

प्रतिक्रिया दिनुहोस