राष्ट्रियसभा सदस्य मनोनयन - 'विवादको' घेरामा राष्ट्रपति

पत्रपत्रिकाबाट

बुधबार, ०९ फागुन २०७४, ०६ : ५४
राष्ट्रियसभा सदस्य मनोनयन - 'विवादको' घेरामा राष्ट्रपति

मंगलबार विहान बसेको मन्त्रिपरिषदको बैठकले यसअघिको सरकारको निर्णय उल्टाउँदै तीन जनाको नाम राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्यो ।

सिफारिस गरलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सो सिफारिसअनूरुप मनोनयन गर्नुभयो ।

शेरबहादुर देउवा सरकारले माघ २६ गते गरेको निर्णय यत्रो दिनसम्म पनि राष्ट्रपति भण्डारीले अनुमोदन गर्नुभएको थिएन ।

तर केपी ओली नेतृत्व सरकारले गरेको त्यही सिफारिस अन्ुमोदन गर्न राष्ट्रपति भण्डारीले केहि घण्टा पनि लगाउनुभएन ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस