भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

विहीबार, ११ बैशाख २०७७, १७ : ३७
भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । 

विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसूर अनुसार अनुसन्धानका लागि अदालतले समय दिएको हो ।

उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानूनी विषय लेखेको प्रहरीको आरोप छ । त्यही आरोपमा बुधबार राति उपाध्यायलाई प्रहरीले ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

उपाध्यायलाई अहिले महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपाध्यायको अन्य कसुरबारे पनि खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस