काठमाडौं । नव गठित जनता समाजवादी पार्टी, नेपालका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली धेरै सपना देख्ने मानिस भएको बताएका छन् ।
समाजवादी र राजपा पार्टी एकतापछि नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि यादवले यस्तो प्रतिक्रिया दिएका हुुन् । संक्षिप्त कुराकानी गर्दै यादवले ओलीजी धेरै सपना देख्ने मानिस भएको भन्दै उनको सपनाको कुनै अर्थ नभएको प्रतिक्रिया दिए ।
उनले संघीय लोकतानित्रक गणतन्त्रलाई रक्षा गर्न पार्टी एकता गरेको पनि बताए ।
त्यस्तै अर्का नेता राजेन्द्र श्रेष्ठले लकडाउनका बेला अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले राजनीतिमा अपराधीकरण र भ्रष्टिकरण निम्त्याएको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?