काठमाडौँ । राष्ट्रिय जनता पार्टीसंग एकिकरण गरेका समाजवादी पार्टी तत्कालका लागि विभाजनबाट जोगिएको छ। समाजवादीका तर्फबाट नेतृ रेणु यादवलको नेतृत्वमा सात भन्दा बढी सांसदले ४० प्रतिशत पुर्याएर नयाँ दल दर्ता गर्ने प्रयास गरे पनि अन्तिम समयमा पछाडि हेटेका हुन्।
समाजवादीका सांसदले बिहीबार दल विभाजनका लागि निवेदन दिने तयारी गरे पनि नेताहरुको आग्रहमा रोकिन पुगेको हो । उनले भने, ‘हामीले तत्काल पार्टी विभाजन गर्ने निर्णय रोकेका छौं। पार्टीभित्र र बाहिरबाट आएको आग्रहलाई मान्दै आफ्ना असन्तुष्टि आन्तरिक रुपमै राख्ने निष्कर्षमा पुगेका छौं।’ विभाजनलाई रोक्न समाजवादीका अध्यक्षहरु डा। बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतले रातभरी दौडधुप गरेका थिए।
सोमबार सरकारले दल विभाजन गर्न खुकुलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेपछि समाजवादी पार्टी विभाजनको अन्तिम संघारमा पुगेको थियो।समाजवादीबाट रेणु यादव, महोमद इस्तियाक राई, विमल श्रीवास्तव, सुरेन्द्र यादव, प्रदीप यादवलगायत सांसद विभाजनको पक्षमा उभिएका थिए। समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी विभाजन गराउन लागि परेको आरोप लगाएका छन् ।
अध्यादेश जारी भएपछि केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा मात्र ४० प्रतिशत पुर्याए दल विभाजन गर्न पाइनेछ। संघीय संसदमा १७ सिट रहेको समाजवादी विभाजन गर्नका लागि ७ सिट चाहिने र त्यो संख्या पुगे पनि चर्को दबाबपछि उनीहरु पछि हेटेका हुन्।
प्रतिक्रिया दिनुहोस