काठमाडौँ । विनासकारी भूकम्पको ५ वर्षमा क्षतिग्रस्त घरमध्ये ६३ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशत पुनर्निर्माण भइरहेका छन् । १२ वैशाख २०७२ मा गएको भूकम्पमा झण्डै नौ हजारको ज्यान गएको थियो भने ८ लाखभन्दा बढी निजी आवास क्षतिग्रस्त भएका थिए । भूकम्प गएको ८ महिनापछि सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचना बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेको जनाएको छ । प्राधिकरणका अनुसार, अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ५ लाख ६१ हजार ६ सय ५० अर्थात ७२ प्रतिशत पुगेको जनाएको छ ।
निजी आवास पुनर्निर्माणका क्रममा करिव ५ लाख गुनासो सम्बोधन भएको र प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेहरूका लागि पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५ हजार ५ सय ९८ अर्थात ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । १ हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा छन् । यस्तै ३२ जिल्लाका ९ सय २० वटा सम्पदामध्ये ४ सय २ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा छन् । काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १ सय ७० वटा सम्पदामध्ये १ सय १ वटा अर्थात ५९ प्रतिशत सम्पन्न भएका छन् भने बाँकी ५४ वटा अर्थात ३२ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।
कुल १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ भने १ सय ४५ वटा पुनर्निर्माणको चरणमा छन् । सम्पन्न भएका र पुनर्निर्माण भइरहेका गरी स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति हासिल भएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ११ बैशाख २०७७, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाद्वारा बाजुराको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न
भूकम्पले जीर्ण बालाजु पौडी पोखरी एक दशकपछि पुनर्निर्माण
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने