काठमाडौँ । देशभरको मौसम बुधबार दिनभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम केही दिनदेखि बदली भएको हो।
अहिले मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली भएको मौसमविदले बताएका छन् । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पहाडी भू–भागका धेरै स्थान र मध्य र पूर्वी तराईका थोरै स्थानमा अपराहन्नपछि मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
बुधबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका एक–दुई स्थान र पूर्वी तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा असिना पानीको सम्भावना
आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना