काठमाडौं । कोरोना महामारीसँग राष्ट्रिय एकता कायम गरी जुध्नुपर्ने बेला प्रधानमन्त्री केपी ओलीले अस्थिरताको शिलान्यास गर्ने गरी दल विभाजनका लागि खुकुलो प्रावधान सहितको अध्यादेश र सम्बैधानकि परिषद विपक्षी विहिन बनाउदै आफु अनुकुलका नियुक्ति गराउने अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्ष काँग्रेस रुष्ट बनेको छ ।
उसले लोकतान्त्रिक विधि र पद्दतीलाई धुलिसात गर्ने, अराजकता र अस्थिरता पैदा गराउने, सम्वैधानिक निकायलाई आफनो पिच्छ लग्गु बनाउने र कठपुतली बनाउन आफु अनुकलका ब्यक्ति खोजेर नियुक्तिमा लैजाने गरी विधेयक ल्याएको पछिल्लो धारणा बनाएको छ । मंगलवार मात्रै काँग्रेस पदाधिकारीको बैठक बसेर उसले सरकारले अगाडी सारेका राजनीतिक दल सम्बन्धि अध्यादेश र सम्बैधानिक परिषद सम्बन्धि ऐन संसोधनका लागि ल्याएको अध्यादेश फिर्ता लिनुपर्ने माग सहित विपक्षीहरुको संयुक्त मोर्चा बनाउने निर्णय गरेको थियो ।
त्यसका लागि उसले आजै विपक्षी पार्टीहरुसँगको संयुक्त बैठक बोलाएको छ । सरकारका अलोकतान्त्रिक कदमका विरुद्ध सरकार बाहिरका सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने र सम्भव भएसम्म सामुहिक रुपमै प्रतिवादमा जानुपर्ने निश्र्कष काँग्रेसले निकालेको थियो । त्यही आधारमा उसले आज दिउँसो २ बजे पार्टी कार्यालय सानेमामा विपक्षी पार्टीहरुको बैठक बोलाएको छ ।
काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार सबै विपक्षी पार्टी, नागरिक समाज र अधिकारकर्मीहरुलाई छलफलमा बोलाइएको छ । यो छलफल पछि संयुक्त रुपमा संसद बैठक बोलाउन माग गर्ने गरी सरकारमाथी दबाब बढाउने र जारी विधेयकहरु फिर्ता लिनका लागि सरकारलाई बाध्य पार्ने गरी संर्घषका कार्यक्रम तय गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै
कांग्रेस केन्द्रीय समिति बैठक सर्यो