कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा निःशुल्क स्यानिटाइजर वितरण

सोमबार, ०८ बैशाख २०७७, १६ : ५८
कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा निःशुल्क स्यानिटाइजर वितरण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुुर चितवनले निःशुल्क स्यानिटाइजर वितरण गरेको छ ।

विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजर नारायणगढ तथा गैंंडाकोट क्षेत्रका तरकारी तथा फलफूल विक्री गर्ने कृषक तथा व्यापारीलाई निःशुल्क स्यानिटाइजर वितरण गरिएको हो । 

बिषेशगरि किसान तथा कृषिजन्य बस्तुको विक्रिवितरण गर्ने मानिसहरुमा सँक्रमणको जोखिम बढी भएकोले त्यहि समुहलाई लक्षित गरेर स्यानिटाइजर वितरण गरिएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा।डा। शारदा थपलिया, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, जैविक प्रविधि केन्द्रका निर्देशक डा। इश्वरीप्रसाद कडरीया, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल लगायतको उपस्थितिमा  वितरण गरिएको हो ।

तितेपातीको तेल मिसाइएको यो स्यानिटाइजर बजारमा पाइनेभन्दा अब्बल रहेको जैविक प्रविधि केन्द्रका निर्देशक डा। इश्वरीप्रसाद कडरीयाले बताउनुभयो । स्यानिटाइजर विश्व स्वाथ्य संगठनको मापदण्ड अनुसार तयार पारिएको विश्वविद्यालयले जनाएको छ । इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड, र तितेपातीको समिश्रणबाट तयार पारिएको स्यानिटाइजर उप।प्राध्यापक सरोज सापकोटाको नेतृत्वमा तयार पारिएको हो ।

सामान्यतया स्यानिटाइजरमा तितेपातीको प्रयोग नगरिने तर यो अवधारणा नेपालमै पहिलोपटक परीक्षण गरिएको अगुवा उप प्राध्यापक सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस