सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलव कट्टा नगर्न सरकारको निर्देशन

सोमबार, ०८ बैशाख २०७७, १४ : ५९
सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलव कट्टा नगर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलव कट्टा नगर्न निर्देशन दिएको छ ।

अब सुरक्षाकर्मी र स्वास्थ्यकर्मी कसैलेले स्वेच्छिक रुपमा कोषमा तलब काटेर जम्मा गर्न सक्ने तर अनिवार्य भने नुहुने भएको छ ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीनदेखि सात दिनसम्मको तलव कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

तर उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो । सोही निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस