काठमाडौं । नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट वसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको छ । शुक्रबार सो पम्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्करको चालकले नै पानी मिसाएको पुष्टि भएको निगमले जनाएको हो ।
उक्त पेट्रोल पम्पले आज बिहान पेट्रोल बिक्री गर्नु अगाडि गुणस्तर जाँच गर्दा पानी मिसाएको भेटिएको थियो ।
पेट्रोलमा पानी देखिएसँगै पम्पले थानकोटस्थित डिपोलाई खबर गरेको थियो । सोलगत्तै उक्त पम्पबाट पेट्रोल बिक्री वितरण गर्न बन्द गरिएको थियो ।
पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयाङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । टयाङ्कर चालकलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको पनि निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ बैशाख २०७७, २२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिलिटर ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य
दैलेखमा पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो
पेट्रोल र डिजेलको मूल्य १ रुपैयाँले घट्यो
इजिप्टले पेट्रोलको मूल्य बढायो
गैरीगाउँको पेट्रोल पम्प सिल
एक्कासी मूल्य घटाएको भन्दै पम्पहरूले बन्द गरे पेट्रोल बिक्री