जनकपुर । महामारी कोरोनाको त्रासको बेलामा लुकिछिपी जथाभावी पैसा फ्याल्ने दुई जना महिला पक्राउ परेका छन् । जनकपुरधाममा पैसा छरेर भागेकी दुई जनाको महिलाको हुलिया सार्वजनिक गरेको १२ घण्टा नवित्दै ति महिलाहरुलाई प्रहरीले पक्राउ गरेका हुन् ।
जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा १० रुपैयाँको नोटको विटो छरिरहेको अवस्थामा स्थानीयवासीले हल्ला गर्न थालेपछि भागेकी ति दुई जना महिलालाई आज प्रहरीले पक्राउ गरेका हुन् ।
पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्ने आमुना खातुन र अलिना खातुन रहेकी छन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ ।
जानकी मन्दिरको पछाडिमा रहेको मदरसा छेउबाट ति दुवैजना महिलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले सिसि
टीभी फुटेजहरु झिकाएर शंकाष्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया अनुसार मिलेको भन्दै स्थानियवासकै सहयोगमा ति दुवै महिला पक्राउ परेको जनाए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ