काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौँलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
उहाँले आज ट्वीटमार्फत पार्टीका स्थानीय तह र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आ–आफ्नो क्षेत्रमा खाना र राति भए आवासको प्रबन्ध मिलाउन आग्रह गर्नुभएको हो ।
साथै सभापति देउवाले काठमाडौँमा श्रम गरिरहेका र हाल खाना तथा बस्ने व्यवस्था नहुँदा सयौँ किलोमीटर पैदल हिँडेर घर गइरहेका जनतालाई सरकारको भरथेग सबैभन्दा बढी हुनुपर्ने उल्लेख गर्नुभएको छ तर सरकारमा बसेका त्यो यात्राको दर्शक मात्रै भएको उहाँको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०७७, १७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा
अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो: देउवा